Shopping cart

  • Home
  • समाज
  • गायिका गीता पाण्डेले सुमधुर प्रेमिल गीत ‘माछी भुल्यो’ सार्वजनिक (भिडियो)
देश

गायिका गीता पाण्डेले सुमधुर प्रेमिल गीत ‘माछी भुल्यो’ सार्वजनिक (भिडियो)

Email :204

काठमाडौं ।   गायिका गीता पाण्डेले सुमधुर प्रेमिल गीत ‘माछी भुल्यो’ सार्वजनिक गरेकी छिन्।  यस गीतमा रचना साथै संगीत चिरपरिचित दीपक शर्मा को रहेका छन् भने अहिलेकी चिरपरिचित गायिका गीता पाण्डेले स्वर दिएकी छिन् । गीतमा नरेन्द्र बियोगीले एरेन्जरको रुपमा काम गरेका छन्। गीतमा प्रेममा समर्पण भावना छ,आस्था छ ।

पुजा ठकुरीले निर्देशन गरेको उक्त भिडियाको सम्पादन बिनोद बमले गरेका छन्। दिपक गिरी र टिमले छायांकन गरेको भिडियोमा अहिलेका रुचाईएका युवा कोरियोग्राफर द्वय अनुजा अधिकारी र श्रवण पाख्रिनको रहेको छ । गीतलाई टिकटकमा भिवर्सद्वारा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ ।

गीत जति सुमधुर अनि प्रेमिल बनेको छ, गीतको भिडिओ उति नै रोमान्टिक छ। भिडि‌ओमा स्वस्तिक पोख्रेल र अनुस्का कार्की फिर्चड छन् । यी दुईको प्रेम अनि रोमान्सलाई भिडिओमा देख्न सकिन्छ । भिडियोमा दुवैले उत्कृष्ट काम गरेका छन्। भिडिओमा देखाईएको सुन्दर लोकेसन र दृष्यहरुले भिडिओलाई झनै आकर्षक बनाएको छ ।

गायिका पाण्डेकाका थुप्रै गीत श्रोता दर्शकको रोजाइमा पर्न सफल भएका छन् । आफ्ना अन्य गीत जस्तै यसले पनि सबैको साथ पाउनेमा आशावादी रहेको गायिका पाण्डेले  बताइन् । उनले चलचित्रका गीतदेखि लोक र आधुनिक गरि थुप्रै गीत गाइसकेकी छिन् ।

Comments are closed

Related Post