Shopping cart

  • Home
  • समाज
  • मुक्तिनाथ उन्डेसनको पाँचौँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम
देश

मुक्तिनाथ उन्डेसनको पाँचौँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

Email :7

काठमाडौं  । मुक्तिनाथ फाउन्डेसनले आफ्नो पाँचौँ वार्षिकोत्सवका अवसरमा आज वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

सामाजिक तथा आर्थिकरूपमा पछाडि परेका तथा पारिएका व्यक्ति र समुदायलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले स्थापित गैरनाफामूलक संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ पोका रगत संकलन भएको फाउन्डेसनले जनाएको छ ।

२०७८ असोज १ गते दर्ता भएको फाउन्डेसनले आफ्नो उद्देश्यअनुसार लक्षित वर्गका व्यक्ति तथा समुदायको सबलीकरणका लागि विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, मुक्तिनाथ क्यापिटल लिमिटेड, रोयल सहकारी लिमिटेड, विन्ध्यवासिनी म्युजिक प्रालि तथा एमएन हस्पिटलको सहभागिता र समन्वय रहेको थियो ।

फाउन्डेसनका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि लक्षित समुदायको सहयोग र सामाजिक रूपान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।

Comments are closed

Related Post