Email :52
काठमाडौं ।संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्ने भएको छ। बैठकका लागि आवश्यक कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई विस्तृत अध्ययन तथा दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, सभामुखले प्रतिनिधि सभाका पूर्वसदस्य तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि तय गरिएको छ।
यससँगै बैठकमा विधायन प्रक्रियालाई अगाडि बढाउने तथा दिवंगत पूर्वसांसदप्रति सम्मान प्रकट गर्ने दुवै विषयलाई प्राथमिकताका साथ अघि बढाइनेछ।














Comments are closed