Shopping cart

  • Home
  • स्वास्थ्य
  • भोजनलिपि स्वादको पाँचौं संस्कण सिंहदरबारमा,कोदो उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्ने मन्त्री खड्काको जोड
अर्थ

भोजनलिपि स्वादको पाँचौं संस्कण सिंहदरबारमा,कोदो उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्ने मन्त्री खड्काको जोड

Email :159

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कोदो उत्पादनमा सरकारले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली खाना प्रवर्द्धन अभियानले राष्ट्रिय कोदो दिवसको अवसरमा सोमबार  सिंहदरबार परिषरमाआयोजना गरेको ‘कोदोको १० परिकार प्रदर्शन’मा मन्त्री खड्काले भन्नुभयो, “कोदो संरक्षण, व्यावसायिक उत्पादन र परिकारमार्फत राष्ट्रिय खाद्य सुरक्षामा योगदान पुर्‍याउन सकिन्छ, देशको माटोमा फल्ने अन्नले मात्र हामीलाई आत्मनिर्भर बनाउँछ, आयातमा निर्भर खाद्य प्रणाली दीर्घकालीन समाधान होइन ।”

उहाँले कोदो परिकारको विषय मात्र नभई हाम्रो संस्कृतिको, पहिचानको र सम्भावनाको अन्न भएको  बताउनुभयो ।

“देशको माटोमा फल्ने अन्नले मात्र हामीलाई आत्मनिर्भर बनाउँछ। आयातमा निर्भर खाद्य प्रणाली दीर्घकालीन समाधान होइन,” मन्त्री खड्काले भन्नुभयो, “कोदो परिकारको विषय मात्र होइन, यो हाम्रो संस्कृतिको, पहिचानको र सम्भावनाको अन्न हो।” पहिला विपन्न वर्गले खाने भनिएको कोदोका परिकार यतिबेला सबै वर्गको रुचि एवं स्वास्थ्यको हिसाबले प्राथमिकता पर्ने खाद्यान्नको रुपमा लिईएको मन्त्री खड्काले बताउनु भयो।

प्रदर्शनीमा कोदोका प्यान केक, खिर, माफिन, बिस्कुट, मालपुवा, मःमः, ढिँडो, हलुवा, पकौडा, बिस्कुट, सेल रोटी राखिएका थिए ।  मन्त्री खड्काले ती परिकारहरू अवलोकन गर्नुहुँदै आयोजक एवं सेफसँग अन्तरक्रिया गर्नुभयो।

नेपाली खाना प्रवर्द्धन अभियान अन्तर्गत अन्तर्राष्ट्रिय सेफ द्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित नेपाली खाना प्रवर्द्धन अभियानको आयोजना तथा नारायणी चमेना गृह, सिंहदरबार काठमाडौँको सहकार्यमा सम्पन्न भोजन लिपि स्वादको पाँचौँ संस्करणमा पाककलामार्फत प्रदर्शनी गरिएको  अभियानका संयोजक देवी प्रसाद सापकोटाले बताउनु भयो।

 

Comments are closed

Related Post