Shopping cart

  • Home
  • समाज
  • त्रिपुरेश्वरमा बस आगलागी घटना- खुल्यो चालकको पहिचान
अर्थ

त्रिपुरेश्वरमा बस आगलागी घटना- खुल्यो चालकको पहिचान

Email :21
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा भएको बस आगजनीमा ज्यान गुमाएका चालकको पहिचान खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार मृतक मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरीका अर्जुन दोङ तामाङ हुन्।

सोमबार मध्याह्न काठमाडौंको त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगजनी गर्दा उनीसमेत घाइते भएका थिए। उनको उपचारका क्रममा गए राति कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो।

यसअघि आगजनीमा परेका दावा लामा हुन् भन्ने विवरण आएको थियो। तर लामाको लाइसेन्स दुरूपयोग भएको खुलेको छ। अर्जुनले पनि ट्राफिकलाई आफू दावा भएको बताएका थिए। तर पछि लामा सम्पर्कमा आएपछि प्रहरीले उनको परिचय खोज्न थालेको हो।

Comments are closed

Related Post