Email :24
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय भेलाले उमा भुजेललाई पार्टी महासचिवमा निर्वाचित गरेको छ। भेलाले भुजेलको नेतृत्वमा १०५ सदस्यीय केन्द्रीय समिति समेत चयन गरेको छ।
राष्ट्रिय भेलाबाट पार्टीको नेतृत्व तथा केन्द्रीय समिति चयन गर्दै आगामी राजनीतिक तथा संगठनात्मक कार्यदिशालाई थप व्यवस्थित बनाउने निर्णय गरिएको जनाइएको छ।
महासचिवमा निर्वाचित भुजेलले पार्टीलाई वैचारिक, सांगठनिक र जनआधारित रूपमा थप सुदृढ गर्दै श्रमिक, किसान तथा आम जनताका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
भेलाले मुलुकको समसामयिक राजनीतिक अवस्था, आर्थिक तथा सामाजिक समस्या र जनजीविकाका सवालमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा समेत छलफल गरेको बताइएको छ।














Comments are closed