Shopping cart

  • Home
  • समाज
  • डाँडामा बस्ती, फाँटमा खेती: हिन्दुकुश साझा विपत्त
देश

डाँडामा बस्ती, फाँटमा खेती: हिन्दुकुश साझा विपत्त

Email :21
 सीता ओझा 
पूर्वी एसियाको हिमालयन क्षेत्रमा अहिले हिउँ र पहिरोको जोखिम धेरै बढेको छ। यसको विशेष कारण जलवायु परिवर्तनसँग जोडिएको छ। जलवायु परिवर्तनसँग जोडिन पुगेका विषयलाई तल छोटो जानकारीसहित प्रस्तुत गरिएको छ।
 हिन्दुकुश नेपाल ,चिन, भारत,अफगानिस्तान ,पाकिस्तान लगायत क्षेत्रमा अवस्थित  हिमालय क्षेत्र हो। यो अफगानिस्तानको हिन्दुकुशदेखि म्यानमारसम्म फैलिएको ३५०० किलोमिटर लामो पर्वत शृंखला हो। यसमा ८ देश पर्छन् – अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तान। क्षेत्रफल ४२ लाख वर्ग किमि छ। यहाँ २४ करोड मानिस पहाडमा बस्छन् र १९० करोड मानिस यसैका १२ ठूला नदीको पानीमा निर्भर छन्। त्यसैले यसलाई एसियाको पानीको टावर भनिन्छ।
हिउँ पहिरो – Snow Avalanche :
विशेषगरी हिमाल र पहाडसँग जोडिएका देशहरुको भिरालो पहाडी भागमा हिउँ पहिरोको जोखिम बढी हुन्छ। यस्ता घटना प्रायः जापान, दक्षिण कोरिया, चीनको उत्तर-पश्चिम र तिब्बतमा धेरै घट्ने गरेका छन्। जापानको होक्काइडो र होन्सुमा हरेक जाडोमा भारी हिमपातले घर र सडक पुरिन्छ। चीनको सिन्जियाङको Altay र Ili उपत्यका मा हिउँ आँधी र हिउँ पहिरोको सबैभन्दा उच्च जोखिम छ।
यसको कारण हिउँ चक्र बिग्रनु हो। हिउँ चक्र भनेको हिउँ पर्ने, थुप्रिने र पग्लिने नियमित प्रक्रिया हो। WGMS अनुसार सन १९६१ यता विश्वले ९००० अर्ब टन बरफ गुमायो। हिउँले ८० प्रतिशत घाम फर्काउँथ्यो। अहिले नाङ्गो चट्टानले घाम सोसेर झन तात्छ।
   हिम-चट्टान पहिरो – Ice-Rock Avalanche :
यो सबैभन्दा खतरनाक रुपमा विकास भएको नयाँ चुनौती हो। भर्खरै २६ अगस्ट सन २०२६ मा नेपालको लाङटाङ लिरुङ ५२०० मिटरमा हिमनदी फुटेर हिम-चट्टान पहिरो गयो। त्यो २२ किलोमिटर बगेर चीनको ग्यिरोङ बन्दरगाह पुग्यो र ०.७ वर्ग किमि क्षेत्र सखाप बनायो। चट्टान १४०० मिटर तल खस्दा ५.२ म्याग्निच्युड बराबरको भूकम्पीय तरंग नै उत्पन्न भयो। भूकम्पीय तरंग मात्रै होइन, खरबौंको धनमाल नष्ट र मानवीय क्षति गर्यो। नेपालमा १४१० जनाको मृत्यु र ६१४५ बेपत्ता भए।
      विज्ञहरु भन्छन् हिमालय लगायत जल, वायु, पहाडमा यस्तो हुनु र हिमनदी पग्लिएर फुट्नु, बग्नु, हिमालको चट्टान नाङ्गो हुँदा र Permafrost अर्थात जमेको जमिन तातेर खुकुलो भएर यस्तो हुन्छ। यो नियमित र स्वाभाविक प्रक्रिया हो। नेपालको भूगोल सन २०१५ को भूकम्पले कमजोर बनाएको थियो। अहिले पनि तापक्रम बढेको कारण धेरै जमिनमा चिरा परेको छ साथै मानवीय कारणले पनि जमिनमा कम्पन पैदा भएको छ। यो पहिरोको लागि अर्को खतराको संकेत हो।
      यसको कारण हिमनदीय चक्र बिग्रनु हो। नेपालले ३० वर्षमा एक तिहाइ बरफ गुमायो। गति ६५ प्रतिशतले बढ्यो। नेपालमा २१ र तिब्बतमा २५ गरी ४७ वटा खतरनाक हिमताल बनेका छन्। शून्य डिग्री पुग्ने उचाइ हरेक दशकमा ५० देखि १०० मिटर माथि सर्दैछ।
    सुख्खा पहिरो – Dry Landslide:
चीनको युनान, गान्सु, छोङछिङमा धेरै हुन्छ। जस्तै सन २०२४ जनवरी २२ मा युनानको जेन्स्योङमा १६ लाख घनमिटर रातो चट्टान एक्कासि खसेर १८ घर पुरेर ४४ जनाको मृत्यु भयो। ३० सेकेन्डमै गाउँ पुरिएको थियो।
    यसको कारण वायु चक्र बिग्रनु हो। वायु चक्र भनेको मध्य एसियाको चिसो हावा र मनसुनको तालमेल हो। हिमालय तात्दा मनसुन एकैचोटि धेरै पानी पार्ने भएको छ। लामो वर्षा हुँदा माटोभित्र पानीको चाप बढेर पहिरो खस्छ।
    बाढी-पहिरो र लेदो बग्ने – Debris Flow:
लामो वर्षा हुँदा माटोभित्र पानीको चाप बढेर पहिरो खस्छ। चीनमा मे-अक्टोबर बाढीको सिजनमा यो धेरै हुने गरेको देखिन्छ । हिम-चट्टान खस्दा घर्षणले बरफ पग्लेर पानी बन्छ र त्यही लेदो बाढी बनेर १८८ किलोमिटर प्रतिघण्टाको गतिमा बग्छ। जसले बस्ती, पुल, सडक सबै बगाउँछ र बगाएको हामीले देखिराखेका छौं।
HKH का ८ देशका ठूला नदीमा जोखिम :
भारत:
 ब्रह्मपुत्र चीनमा यारलुङ साङपो भनिन्छ र आसम हुँदै बंगलादेश पुगेर  जमुना बन्छ। तिब्बतको ताल फुट्दा २० फिट अग्लो बाढी आउँछ। गंगाको सहायक कोशी, गण्डकी, महाकालीमा नेपालको पहिरोले बिहार र उत्तर प्रदेश डुब्दैआएको हामीले देखेकै छौं ।
 चीन:
यारलुङ साङपोमा २५ ताल छन भने याङ्सी र ह्वाङहोमा Permafrost जोखिम छ।
पाकिस्तान:
 सिन्धु GLOF को सबैभन्दा उच्च जोखिम भएको नदी हो।  यो नदीको कारण सन २०२५ मा १००० मृत्यु र ६९ लाख प्रभावित भए।
नेपाल:
कोशीमा Lower Barun, गण्डकीमा Thulagi, त्रिशूलीमा ९ मिटर बाढी र महाकालीमा चौलानी थुनिंदा High Alert जारी भयो। यो सुचना दिने प्रकृयाको राम्रो थालनी हो। अहिले फरि बङ्गालको खाडीबाट सृजना हुने वायु चक्र र त्यसको प्रभावमा आँधी र वर्षाको खतराको सुचना जारी भैसकेको छ।यो विषयलाई सरकारले विशेष तयारीका साथ सर्वसाधारणविच आधिकारिक सुचना र विपत्तबाट जोगिने उपाय सहितको विपत्त ब्यवस्थापनको लागि जनशक्ति तैनाथ गर्नुपर्ने हुन्छ ।
बंगलादेश:
 बंगलादेशमा बहने जमुना र पद्मामा लेदो थुप्रिएर बाढी आउँछ। त्यो लेदोसहितको बाढीले वर्षैपिछे हानी गरेको हामीले देखेकैछौं। अफगानिस्तान:
अमु दर्या र हेलमन्द नदीहरु हिन्दुकुशबाट बग्छन्। तिनीहरूमा आएको बाढी हेर्दा सानो देखिए पनि पहिरोले धेरै क्षति गरिर
हेको देखिन्छ ।
भुटान र म्यानमार:
 भुटान र म्यानमारको मानस र इरावती नदीमा पनि हिमताल बढ्दै छन्।
मुख्य चुनौती र जोखिमहरु :
जलवायु तात्नु मुख्य चुनौती हो। शून्य डिग्री उचाइ माथि सर्दैछ। यस्ता घटनाको पूर्वानुमान गर्न गाह्रो छ। ग्यिरोङ घटना ६-७ मिनेटमै बस्तीमा पुगेको थियो। परम्परागत चेतावनीले भ्याउँदैन। बाक्लो बस्ती अर्को चुनौती हो। जापान, चीन, कोरियाका पहाडी बस्ती घना छन्। करोडौंको जोखिम छ। सीमापार असर अर्को चुनौती हो। एउटा देशको हिमाल फुट्दा अर्को देशमा असर गर्छ। नेपाल, भारत र चीनका घटना नै उदाहरणीय बनेका छन्।
चक्र बिग्रिएपछि घट्ने ५ सम्भावना :
१. GLOF फुट्ने – ९.३ मिलियन जोखिममा। २. नदी थुनिने – सुनकोशी र चौलानी थुनियो। ३. लेदो बग्ने – तरल कंक्रिट जस्तै, २० फिट माथि चढ्नुपर्छ। ४. सुख्खा पहिरो – ३० सेकेन्डमा गाउँ पुरिने। ५. सीमापार बाढी – २४० किलोमिटर सम्म जाने।
प्रकृति जोगाउने र समाधानका उपायहरु :
संघीय सरकार:
४७ तालको पानी घटाउने, Satellite र Drone बाट चिरा निगरानी गर्ने, जमिनको हलचल र पानीको चाप नाप्ने सेन्सर राख्ने, Early Warning राख्ने र रातो, निलो, पहेंलो जोखिम नक्सा बनाउने।
प्रदेश सरकार:
 कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमले सेन्सर राख्ने।
१०० मिटर टाढा र २० फिट माथि मात्र घर बनाउन दिने।
लागत २ करोडले १० अर्ब जोगिन्छ।
स्थानीय सरकार:
बस्ती डाँडामा र खेती फाँटमा भन्ने बाजेको ज्ञान फर्काउने।
जापानले जस्तै हिउँ रोक्ने जाली र पहाडमा रुख रोप्ने।
हरेक वडामा भाग्ने नक्सा टाँस्ने।
कूटनीतिक प्रयास:
 चीन, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तानसँग हरेक घण्टा डाटा साट्ने। तिब्बतका २५ तालमा संयुक्त निगरानी। ग्यिरोङमा संयुक्त Warning र महाकालीमा संयुक्त तटबन्ध।
 यो नै काष्ठमण्डप डाइलग भाग ३ को सन्देश हो।
ICIMOD ले ८ देशसँगको संयुक्त सहकार्यको वातावरणलाई गाँस्जोने र जोड्ने।
निष्कर्ष :
हिमालयन मौसमका चक्र नियमित छन्। हामीमा नियमित जानकारी र मौसमसँग जोडिएको भौगोलिक विषयको ज्ञान नभएर अप्रत्याशित लागेको हो। हाम्रा पुर्खाहरुले डाँडामा घर बनाएर  बस्नुहुन्थ्यो। खेती फाँटमा गर्नुहुन्थ्यो। घर खोलाभन्दा २०-३० फिट माथि हुन्थ्यो।हामीले डाँडा छोडिदियौं,खोलाको किनार सम्म रोज्यौं,डाँडामा डोजर कुदायौं र रमाइलो बनायौं तर स्विजरलैण्डले हिउँ  चक्रलाई सय वर्षको योजनामा व्यवस्थापनको खाका लेख्यो र कार्यनयनमा लाग्यो ।उ जोगियो,हामी डुबिरहेका छौं । अब हामीले पनि लेख्ने, नाप्ने र बस्ती सार्ने हो भने क्षति रोकिन्छ।
स्रोत: ICIMOD, WGMS, USGS र नेपाल सरकारको तथ्यांक ,काष्ठमण्डप डायलग 3

Comments are closed

Related Post