Email :21
काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले अधिकांश भूभागमा बदली भएको छ।
हाल कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका थोरै स्थानमा पनि वर्षा हुनसक्नेछ।
कोशीको पहाडी तथा तराई क्षेत्र, बागमतीको तराई र गण्डकीको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।
आज राति पनि अधिकांश क्षेत्रमा बदली रहने र विभिन्न प्रदेशका पहाडी, हिमाली तथा तराई भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।













Comments are closed