Shopping cart

  • Home
  • समाज
  • किराँत समुदायले उधौली पर्व मनाइँदै
अन्तर्राष्ट्रिय

किराँत समुदायले उधौली पर्व मनाइँदै

Email :76

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उजाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रूपमा पनि उधौली र उँभौली पर्वलाई लिने गरिन्छ । मनाउँदैछन् ।

 

किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए ।
आफूले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई पर्वका रूपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उँभौली पर्व मनाइने प्रचलन छ ।
किरात (याक्थुङ्/लिम्बू, राई, याक्खा, सुनुवार…) समुदायले आफूले उत्पादन गरेको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाई खानका लागि अनुमति माग्ने तथा सामूहिक रूपमा भेला हुने अनि विविध सांस्कृतिक कार्यक्रमहरूको आयोजन गर्ने यो पर्वलाई याक्थुङ्/लिम्बूहरूले चासो:क् तङ्नाम्, याक्खाले चासुवा, राईले उधौली सकेला र सुनुवारले फोलस्यादर भन्ने गर्दछन् ।
उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्य रूपमा मनाउँछन् । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रूपमा पनि उधौली र उँभौली पर्वलाई लिने गरिन्छ ।

Comments are closed

Related Post