Email :67
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीलंकामा हालै आएको बाढीबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
उनले आज सामाजिक सञ्जाल एक्समार्फत त्यहाँ भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।
“दुःख र कष्टको यो क्षणमा श्रीलंकाको सरकार तथा जनताप्रति सहानुभूति प्रकट गर्दछु । संकटको यो समयमा नेपाल सधैँ श्रीलंकाका साथमा छ”, राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।














Comments are closed