Shopping cart

  • Home
  • राजनिती
  • प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किदै
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किदै

Email :27

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह आज स्वदेश फर्किदै छन् । आज दिउँसो ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिएर प्रधानमन्त्री शाह आज स्वदेश फिर्ता हुन लागेका हन् । परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत दीपकराज निरौलाका अनुसार आज ३ः४५ बजे प्रधानमन्त्रीको विमानस्थलको विशिष्ट कक्षमा मिडियाकर्मीसँग प्रेस व्रिफिङको कार्यक्रम राखिएको छ ।

प्रेस व्रिफिङ परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले गर्ने छन् । प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर असोज ६ गते न्युयोर्क प्रस्थान गरेकोथियो ।

Comments are closed

Related Post