Shopping cart

  • Home
  • स्वास्थ्य
  • भारतमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव : यी चार प्रदेशमा हावाहुरी
अन्तर्राष्ट्रिय

भारतमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव : यी चार प्रदेशमा हावाहुरी

Email :37

काठमाडौँ । भारतको उत्तर प्रदेश आसपास बनेको न्यूनचापीय प्रणालीका कारण नेपालका विभिन्न प्रदेशमा तीव्र गतिमा हावाहुरी चलिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा ठुलो हावा चलिरहेको छ।

उक्त न्यूनचापीय क्षेत्रका कारण शनिबार राति पनि ती प्रदेशहरूमा तीव्र गतिमा हावा चल्ने सम्भावना कायमै रहेको छ। मौसमविद्का अनुसार हावाहुरीको यो प्रभाव भोलि दिउँसोसम्म कायम रहनेछ। भोलि दिउँसो विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा आसपासका क्षेत्रमा ठुलो हावा चल्ने सम्भावना छ।

भू-उपग्रहबाट प्राप्त तल्लो वायुमण्डलको हावाको अवस्थासम्बन्धी तस्बिरहरूले पनि तराईका भूभागमा हावाको गति तीव्र रहेको देखाएका छन् । हावाहुरीका कारण हुन सक्ने सम्भावित जोखिम र क्षतिबाट बच्नका लागि सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

Comments are closed

Related Post