Shopping cart

  • Home
  • मुख्य समाचार
  • पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण- ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारको मुद्दा ,यस्तो छ आरोपपत्र (पूर्णपाठसहित)
अन्तर्राष्ट्रिय

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण- ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारको मुद्दा ,यस्तो छ आरोपपत्र (पूर्णपाठसहित)

Email :83

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएका अनियमिततासम्बन्धी प्रकरणमा ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

निर्माण प्रक्रिया नै भ्रष्टाचारयुक्त भएको ठहर गर्दै आयोगले  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जना तथा निर्माण सम्झौता गरेको चीनको चाइना सीएएमसी कम्पनीलाई समेत विशेष अदालतमा प्रतिवादीका रूपमा पेस गरेको हो ।

 

प्रतिवादीमा तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरू स्व. पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य, तत्कालीन अर्थमन्त्री रामशरण महतसहित नागर विमानन प्राधिकरणका पूर्वमहानिर्देशकहरू त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन, प्रदीप अधिकारीलगायत समावेश छन् । उनीहरूविरुद्ध जनही ८ अर्ब २६ करोड ७३ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जनाएका छन् ।

पूर्णपाठ :

Comments are closed

Related Post