Shopping cart

  • Home
  • समाज
  • निजी विद्यालय सञ्चालकहरूले आन्दोलनमा उतारे स्कुल बस, चक्रपथ घुम्ने
देश

निजी विद्यालय सञ्चालकहरूले आन्दोलनमा उतारे स्कुल बस, चक्रपथ घुम्ने

Email :213

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा असन्तुष्ट निजी विद्यालय सञ्चालकहरूले काठमाडौंमा स्कुल बसको र्याली निकालेका छन् ।

विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै आएका पाँच संस्थाले स्कुल बससहित चक्रपथमा प्रदर्शन गरेका हुन् । उनीहरूले प्रतिघण्टा २० किमीको स्पीडमा पूरै चक्रपथ परिक्रमा गर्ने कार्यक्रम रहेको प्याब्सनले जनाएको छ ।

प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले विरोध स्वरुप संयुक्त रुपमा निजी विद्यालयका पहेँला बसहरु चक्रपथको एक लेनमा निकालेका हुन् । जसकारण कुनै कुनै ठाउँमा अन्य यातायतका साधनलाई समस्या पारेको थियो ।

 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले दबाब दिइरहेका छन् । त्यस्तै, आज दिउँसो माइतीघर मण्डलामा भेला भई संघीय संसद् घेराउ गर्ने कार्यक्रम रहेको छ ।

Comments are closed

Related Post