Email :23
काठमाडौं। ईरानद्वारा यूएईमा गरिएको आक्रमणमा परी एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ।
आक्रमण सुरु भएको २४ घण्टाभित्रै भएको घटनामा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिक गरी तीन जनाको मृत्यु भएको पुष्टि भएको हो।
साथै विभिन्न देशका ५८ जना नागरिक सामान्य घाइते भएका छन्।
यूएईको राष्ट्रिय सञ्चारमाध्यम गल्फ न्युज का अनुसार हाल यूएईको अवस्था सामान्य रहेको जनाइएको छ। अधिकारीहरूले सर्वसाधारणलाई अफवाहमा नलाग्न र आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरेका छन्।
नेपाली नागरिकको मृत्यु भएको सम्बन्धमा नेपाली दूतावास अवुधावीले अनौपचारिक जानकारी प्राप्त भए पनि आधिकारिक पुष्टि भने गरेको छैन ।














Comments are closed