Email :51
काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्।
अर्थमन्त्रीका रूपमा आफूले लिएको कूटनीतिक राहदानीको प्रयोजन सकिएको बताउँदै परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गरिएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन्।
पत्रमा भनिएको छ, “मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कुटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु।”














Comments are closed