Shopping cart

  • Home
  • स्वास्थ्य
  • मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन- एनआरएनए अमेरिका
अन्तर्राष्ट्रिय

मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन- एनआरएनए अमेरिका

Email :58

काठमाडौं । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको बताएको छ ।

मन्त्री गुप्ता अमेरिका भ्रमणमा जान लागेको समाचार सार्वजनिक भएपछि परिषद्का प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ति जारी गरेर अमेरिकामा युवासम्बन्धी कुनै पनि कार्यक्रम आयोजना नगरिएको र मन्त्री गुप्तालाई नबोलाइएको स्पष्ट पारेका हुन् ।

 

‘गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आधिकारिक स्वीकृति बिना गरिएका कुनै पनि कार्यक्रम, भ्रमण, संकलन (फन्डराइजिङ) या गतिविधिहरू पूर्ण रूपमा अवैध र अमान्य ठहरिने छन्,’ विज्ञप्तिमा भनिएको छ ।

प्रवक्ता उप्रेतीले परिषद्को नाम र पहिचानको दुरुपयोग गर्ने व्यक्ति र समूहविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने पनि विज्ञिप्तमा उल्लेख गरेका छन् ।

 

Comments are closed

Related Post