Shopping cart

  • Home
  • समाज
  • के भने मदुरोले ४० मिनेट लामो सुनुवाइका क्रममा
अन्तर्राष्ट्रिय

के भने मदुरोले ४० मिनेट लामो सुनुवाइका क्रममा

Email :65

एजेन्सी। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकी अदालतमा पहिलोपटक उपस्थित हुँदा आफूलाई ‘युद्धबन्दी’ र ‘अपहरण गरिएको’ व्यक्ति भएको दाबी गरेका छन् ।

 

न्यु योर्क सिटीको संघीय अदालतमा सोमबार भएको ४० मिनेट लामो सुनुवाइका क्रममा मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसले लागुऔषध तथा हतियारसम्बन्धी सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको बताएका हुन् ।

 

अदालत प्रवेश गर्नुअघि मदुरोका खुट्टामा लगाइएका सिक्रीको आवाज सुनिएको थियो । न्यायाधीश एल्भिन हेलरस्टाइनले पहिचान पुष्टि गर्न आग्रह गरेपछि मदुरोले आफू ३ जनवरीदेखि अपहरणमा परेको र भेनेजुएलाको कराकासस्थित घरबाट पक्राउ गरिएको बताएका थिए । न्यायाधीशले भने यस विषयमा बोल्ने समय पछि आउने स्पष्ट पारे ।

 

६३ वर्षीय मदुरो र उनकी पत्नीलाई शनिबार अमेरिकी सेनाले भेनेजुएलास्थित निवासबाट पक्राउ गरी न्यु योर्क ल्याएको थियो । सुनुवाइका क्रममा उनीहरू जेलको पोशाकमा देखिएका थिए र स्पेनी अनुवाद सुन्न हेडफोन प्रयोग गरेका थिए । मदुरोले सुनुवाइभरि शान्त मुद्रा बसेका थिए, तर अन्त्यतिर एक दर्शकले चिच्याएपछि उनले आफू ‘राष्ट्रपति र युद्धबन्दी’ भएको प्रतिक्रिया दिएका थिए ।

 

अमेरिकाले मदुरोमाथि नर्को आतङ्कवाद, कोकिन आयात षड्यन्त्र, मेसिनगन तथा विस्फोटक उपकरण राखेको लगायत गम्भीर आरोप लगाएको छ । उनकी पत्नी, छोरा र अन्य केही व्यक्तिसमेत मुद्दामा जोडिएका छन् । धरौटी माग नगरिएकाले दुवै संघीय हिरासतमा रहनेछन् ।

 

यस मुद्दाको अर्को सुनुवाइ १७ मार्चका लागि तोकिएको छ । एजेन्सीहरूको सहयोगमा

Comments are closed

Related Post