काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले विद्यार्थीलाई छात्रवृत्ति प्रदान नगर्ने विद्यालयको सञ्चालन अनुमति रद्द गर्ने चेतावनी दिएका छन् । फेसबुकमार्फत उनले शैक्षिक सत्र २०८२ मा हालसम्म ४४० विद्यालयले छात्रवृत्ति विवरण बुझाएको र केहीले अझै नबुझाएको बताए।
विवरण नबुझाउने विद्यालयलाई यथाशीघ्र विवरण पेस गर्न आग्रह गर्दै उनले काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् । शाहका अनुसार, विवरण नबुझाउने विद्यालयको सञ्चालन अनुमति रद्द गरिनेछ ।
उनले भने, ‘हालसम्म ४४० विद्यालयले विवरण बुझाएका छन्, जसअनुसार १६,९८० विद्यार्थीले छात्रवृत्ति पाएका छन् । केही विद्यालयले अझै विवरण बुझाएका छैनन् । उनीहरूलाई तत्काल विवरण बुझाउन अनुरोध छ। अन्यथा, शिक्षा ऐनअनुसार अनुमति रद्द गरिनेछ ।’













Comments are closed