काठमाडौं । समाजवादी संयुक्त ट्रेड युनियन समन्वय केन्द्र ९जेटियुसिसी० को प्रथम सम्मेलन हुने भएको छ । श्रमिकहरुको साझा सङ्गठन (जेटियुसिसी) को प्रथम राष्ट्रिय सम्मेलन भोलिदेखि काठमाडौं बागबजारस्थिति होटल हार्दिकमा सुरु हुन लागेको हो।
महासङ्घका अध्यक्ष विष्णु लम्सालले जानकारी दिएका छन् । अनुसार सम्मेलनको नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले उद्घाटन गर्ने छन् । सम्मेलनको आवश्यक तयारी पूरा भएको र सम्मेलनमा विभिन्न पार्टीसम्बद्ध नेताहरु, श्रमक्षेत्रसँग सरोकार राख्ने विभिन्न सङ्घ, सङ्गठनलगायत देशैभरिबाट चार सय प्रतिनिधि सहभागी हुने बताए ।
जेटियुसिसीको बन्दसत्रमा जेटियुसिसी स्थापनाको उद्देश्य, यसको आरोह अबरोह, आगामी कार्यदिशा र श्रमिक एजेन्डा, श्रमिकका लागि मर्यादित काम, जीवन र रोजगारीु शीर्षकमा कार्यपत्र र प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।
जेटियुसिसी श्रमिकहरुको हक, अधिकारका लागि स्थापित भएको विभिन्न सातवटा घटक महासङ्घहरुको साझा सङ्गठन हो ।














Comments are closed