Shopping cart

  • Home
  • स्वास्थ्य
  • बहुविवाहसम्बन्धी कानून पारित भए मेरो शव उठाउन माइतीघर आउनू- विनु यादव
देश

बहुविवाहसम्बन्धी कानून पारित भए मेरो शव उठाउन माइतीघर आउनू- विनु यादव

Email :235

काठमाडौं । माइतीघर मण्डलामा आमरण अनसन रहकी विनु यादवले बहुविवाहसम्बन्धी कानून पारित भए आफ्नो लास (शव) अनसन स्थलबाटै उठाउनुपर्ने जिकिर गरेकी छिन् ।

शुक्रबारदेखि माइतीघर मण्डलामा आमरण अनसनमा रहेकी उनले महिलालाई पीडा दिने र हिंसा भड्काउने खालको कानून ल्याउन नपाइने भन्दै कानून पारित भए आफ्नो लास माइतघरबाटै उठाउनुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘सरकारको प्रस्तावमा तयार भइरहेको बहुविवाहसम्बन्धी कानून पारित भयो भने यहाँबाट मेरो लास उठ्छ । जबसम्म यो खारेज हुदैँन्, तबसम्म म यहाँबाट उठ्दिन ।

सक्नुहुन्छ भने भ्रष्टाचारको नीतिमा कडाई गर्नु तर यो खालको कानून मान्य हुँदैन् । जसले मानसिक रुपमा महिलालाई पीडा दिन्छ र हिंसा भड्काउँछ त्यो मान्य हुँदैन । हाल मस्यौदा तयार भएको कानून भनेको ठूलो अपराध निम्ताउने बाटो हो । यसलाई रोक्नुपर्छ । यो लडाई मेरो मात्र होइन मेरो लागि मात्र म बसेको होइन । यसबारे सबैले आवाज उठाउनुपर्छ ।’

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको बहुविवाहसम्बन्धी नयाँ मस्यौदामा विवाहित पुरुषले अर्की महिलासँगको सम्बन्धबाट बच्चा जन्माएमा वा गर्भ रहेमा त्यस सम्बन्धलाई दोस्रो विवाहको रूपमा कानुनी मान्यता दिनेगरी मुलुकी संहिताको धारा १७५ संशोधन गर्ने प्रस्ताव गरिएको छ । यही प्रावधानले महिलामाथि थप अन्याय हुने र बहुविवाहलाई प्रोत्साहन गर्ने भन्दै यादव अनसनमा बसेकी हुन् । सरकारले निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी छुट दिनेगरी कानुनको मस्यौदा तयार गरेको भन्दै त्यसको विरोध सुरु भएको हो ।

 

Comments are closed

Related Post