काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता बामदेव गौतमले काम दिन नसके पार्टीमा लामो समयसम्म बस्न नसक्ने बताएका छन् ।
बुधबार कीर्तिपुरमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर, कार्यक्षेत्र दिएर काममा लगाउन अग्रह गरेका हुन् । आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन अग्रह गरेका हुन् ।
भर्खरै एकीकृत समाजवादीमा समाहित भएका गौतमले पार्टी नेतृत्वलाई आफ्नो लागि कामसहितको पद सिर्जना गर्न आग्रह गरे । काम बिनाको पद आफूलाई नचाहिने भन्दै काम नदिएदेखि लामो समयसम्म पार्टीमा बस्न नसक्ने बताए । उनले थपे, ‘मलाई के पद दिने भन्ने विषय उठेको छ, मलाई चाहिन्न पद’ मैले त्यो पहिला पनि भनेको छु ।
मलाई काम दिनुस् । काम दिनको निम्ति तपाईंहरूले कुन पद सिर्जना गर्नुपर्छ रु कामसहितको सिर्जना गरिदिनुस् ।’ उनले आफूलाई कुनैपनि हालतमा पद नचाहिने बताए । उनले भने, ‘तर म कामविना म बस्दा पनि बस्दिनँ ।’
नेता गौतमले काम गरी बस्न नसक्ने आफ्नो चरित्रबारे उल्लेख गर्दै भने, ‘यदि पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंहरूसँग बस्न सक्दिनँ । मलाई काम गर्ने क्षेत्र चाहियो ।’


















Comments are closed