Shopping cart

  • Home
  • स्वास्थ्य
  • छैठौं शुभकामना भेट्रान्स दौड प्रतियोगिता सम्पन्न
खेलकुद

छैठौं शुभकामना भेट्रान्स दौड प्रतियोगिता सम्पन्न

Email :244

काठमाडौं । छैठौं शुभकामना भेट्रान्स दौड प्रतियोगिता शनिबार सम्पन्न भएको छ।

 

५० वर्ष माथि पुरुषतर्फ जापानका मिजुकी मात्सुजुकी प्रथम, नेपालका राजेश महर्जन दोस्रो र रामकुमार रायमाझी तेस्रो भए। ३५ वर्ष माथि पुरुषतर्फ दिनेेश महर्जन पहिलो, सुनिल महर्जन दोस्रो र नवराज कार्की तेस्रो भए।

खुला पुरुषतर्फ आयुष चाम्लिङ, सुनज विक र अभिनारायण अधिकारी क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा परे। त्यस्तै, ३५ वर्ष माथि महिलातर्फ कल्पना महर्जन प्रथम, चारु अर्याल दोस्रो र उर्मिला शाक्य तेस्रो स्थानमा रहे।

६५ वर्ष माथि पुरुषतर्फ जापानका नोरी हिकोवातान्ने विजेता बने भने नेपालका पुष्पलाल श्रेष्ठ दोस्रो भए।७० वर्ष माथि पुरुषतर्फ मंगलदास तण्डुकार र गजेन्द्र लाल प्रधानले क्रमशः पहिलो र दोस्रो स्थान हात पारे।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथि किर्तिमानी धावक बैकुण्ठ मानन्धर र विशेष अतिथि बुद्धवीर लामाले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा करिब १३० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ।

चौधौं ‘गितिमय सांगीतिक साँझ’को तयारीसँगै  त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको दौड सुन्धारा, रत्नपार्क, जमल, केशरमहल, दरबारमार्ग, सहिदगेट हुँदै पुनः रंगशालामै आएर समाप्त भएको थियो। बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्च नेपालको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरुले सहभागिता जनाएका थिए ।

Comments are closed

Related Post