Shopping cart

  • Home
  • राजनिती
  • ओलीको निर्देशन : ‘टुरिस्ट’ नेता होइन, जनतामाझ खटिने कार्यकर्ता बनौँ
देश

ओलीको निर्देशन : ‘टुरिस्ट’ नेता होइन, जनतामाझ खटिने कार्यकर्ता बनौँ

Email :16

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेता-कार्यकर्तालाई आचरण सुधार्दै शालीन, विनम्र र जनताप्रति उत्तरदायी बन्न निर्देशन दिएका छन्।

भर्चुअल सम्बोधन गर्दै ओलीले सुविधाभोगी ठाउँमा बसेर जनताको विश्वास जित्न नसकिने भन्दै गाउँ–बस्तीमा पुगेर संगठन निर्माण गर्न आग्रह गरे। उनले कार्यक्षेत्रमा नखटी ‘टुरिस्ट’ बनेर हिँड्ने प्रवृत्ति त्याग्न चेतावनीसमेत दिए।

ओलीले अब नेता–कार्यकर्ताको मूल्याङ्कन ज्येष्ठताभन्दा काम र योगदानका आधारमा हुने बताए। पार्टीभित्र अनुशासनहीनता स्वीकार नगर्ने स्पष्ट पार्दै उनले नीतिविपरीत गतिविधि गर्नेमाथि कारबाही हुने चेतावनी दिए।

आगामी स्थानीय निर्वाचनको तयारी, संगठन सुदृढीकरण, नयाँ सदस्यता विस्तार र डिजिटल अभियानलाई तीव्रता दिनसमेत उनले निर्देशन दिएका छन्।

Comments are closed

Related Post