Shopping cart

  • Home
  • समाज
  • इरानको सर्वोच्च नेतामा मोजतबा खामेनी चयन
अन्तर्राष्ट्रिय

इरानको सर्वोच्च नेतामा मोजतबा खामेनी चयन

Email :67

काठमाडौं । इरानमा ५६ वर्षीय मोजतबा खामेनी नयाँ सर्वोच्च नेता चयन भएका छन् । उनि हालै अमेरिकी र इजरायली सैन्य कारबाहीमा मारिएका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका छोरा हुन् ।

इरानको विशेषज्ञ सभाले मोजतबालाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरेको हो । चयनको घोषणालगत्तै इरानको रिभोलुसनरी गार्ड्स ले उनिप्रति बफादारी व्यक्त गरेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।

न्यायपालिकाका प्रमुख घोलामहोसेन मोहसेनी एजेईले उक्त निर्णयलाई ‘आनन्द र आशाको स्रोत’ बताएका छन् भने वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानीले नयाँ नेतृत्व पूर्ण रूपमा कानुनी प्रक्रिया अनुसार चयन भएको दाबी गरेका छन् ।

तर इजरायलले भने सम्भावित उत्तराधिकारीलाई पनि निशाना बनाउन सकिने चेतावनी दिइसकेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ नेतृत्वले अमेरिकाबाट समर्थन नपाए लामो समय टिक्न नसक्ने टिप्पणी गरेका छन् । अमेरिका र इजरायलले मोजतबा खामेनीको नेतृत्व अस्वीकार गर्ने संकेत दिएका छन् ।

 

Comments are closed

Related Post