Shopping cart

  • Home
  • समाज
  • शिबगोरक्ष-पृथ्वीनारायण शाह र गोर्खा साम्राज्य विषयक विचार गोष्ठी सम्पन्न
अन्तर्राष्ट्रिय

शिबगोरक्ष-पृथ्वीनारायण शाह र गोर्खा साम्राज्य विषयक विचार गोष्ठी सम्पन्न

Email :197

काठमाडौं । विश्व हिन्दु युवा संघ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिको आयोजनामा “शिबगोरक्ष-पृथ्वीनारायण शाह र गोर्खा साम्राज्य” विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।

यहि पौष २७ गते पृथ्वी जयन्तिको अवसरमा गोरक्षपीठ, मृगस्थली काठमाडौंमा भएको कार्यक्रममा इतिहास, दर्शन, राष्ट्रनिर्माण र समकालीन विमर्शलाई एउटै मञ्चमा समेट्ने उद्देश्यसहित उक्त विचार गोष्ठी गरीएको हो । गोष्ठीले गोर्खा साम्राज्यको ऐतिहासिक यात्रा, पृथ्वीनारायण शाहको राष्ट्रनिर्माण दृष्टि तथा त्यसको समकालीन अर्थ र प्रभावमाथि छलफत तथा बहस भएको थियो ।

विचार गोष्ठीमा विभिन्न क्षेत्रका विज्ञ, अध्येता, अभियन्ता र विश्लेषकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रा. डा. विद्यानाथ कोइराला, सह-प्राध्यापक डिल्ली निरौला, अर्थविद् डा. शम्भु पोखरेल, गुठी अभियन्ता अधिवक्ता अनिस बैद्य, केदार ढकाल कोमल पौडेल लगायत विज्ञहरुले आफ्नो विचार राखेका थिए ।

गोष्ठीमा पृथ्वीनारायण शाहको राजनीतिक दर्शन, सांस्कृतिक एकीकरण, आर्थिक आधार, गुठी व्यवस्था, धर्म–संस्कृतिको भूमिका र वर्तमान राष्ट्रराजनीतिसँग यसको सम्बन्धमाथि बहुआयामिक छलफल भएको आयोजक संस्थाका अध्यक्ष ॠषिकेश जंग शाहले बताए । आयोजकले इतिहासलाई केवल अतीतको विषय नभई वर्तमान र भविष्यको मार्गदर्शकका रूपमा बुझ्न यो गोष्ठी महत्वपूर्ण भएको विश्वास व्यक्त गरेको छ ।

विचार गोष्ठीमा बोल्ने बक्ताहरुले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान, नीति, उनको जीवनी तथा दिव्य उपदेशमा वर्णित उपदेशहरुलाई अनुशरण गर्दा मात्र पनि देशको सार्वभौमिकता, अखण्डता, स्वाधीनता र राष्ट्रियता सदा सदाका लागि अक्षुण्ण राख्न सकिनेमा जोड दिएका थिए ।

Comments are closed

Related Post