Shopping cart

अन्तर्राष्ट्रिय

भेनेजुएलामा अमेरिकाले शासन गर्ने

Email :94

काठमाडौं । काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सैनिक कारबाहीसँगै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिआलिया फ्लोरेस पक्राउ परेपछि अमेरिकाले देश चलाउने बताएका छन् ।

 

फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामी भेनेजुएलालाई तबसम्म चलाउनेछौँ जबसम्म सुरक्षित, उपयुक्त र विचारपूर्वक नयाँ नेतृत्वमा हस्तान्तरण गर्न सक्दैनौँ।” उनले जोड दिए, “यो हस्तान्तरण सोचविचारपूर्वक हुनुपर्छ किनभने हामी भेनेजुएलाका जनताको हित सुनिश्चित गर्न चाहन्छौँ।’

 

ट्रम्पले भविष्यमा नयाँ नेतृत्वले भेनेजुएलामा हालको जस्तै अवस्था दोहोर्‍याउने जोखिम नहोस् भनी अमेरिका प्रतिबद्ध रहेको पनि बताए। उनले थपे, ‘हामी त्यस्तो स्थिति चाहँदैनौँ जहाँ कोहीले भेनेजुएलाको जनताको हित विपरीत निर्णय लिन्छ।’

 

 

Comments are closed

Related Post