Shopping cart

  • Home
  • स्वास्थ्य
  • ब्रह्माकुमारी संस्थाद्वारा ११ हजार ९१६ पिन्ट रक्त सङ्कलन 
देश

ब्रह्माकुमारी संस्थाद्वारा ११ हजार ९१६ पिन्ट रक्त सङ्कलन 

Email :264

 काठमाडौँ ।  ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले चारदिनमा ११ हजार ९१६ पिन्ट रक्त सङ्कलन गरेको छ । यही भदौ ६ गतेदेखि आजसम्म देशको विभिन्न स्थानमा गरिएका रक्तदान कार्यक्रममार्फत उक्त परिमाणमा रक्त सङ्कलन गरिएको केन्द्रले जनाएको छ ।


ब्रह्माकुमारी संस्था र यसका सह-संस्थाहरूले पूर्व प्रशासिका दादी प्रकाशमणिजीको १६ औं पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा नेपाल र भारतका विभिन्न शहरहरूमा आयोजित ४ दिने विशेष रक्तदान अभियान सम्पन्न भएको छ ।
अभियानमार्फत भाद्र ६ देखि गतेसम्म (अगस्ट २२-२५, २०२५) ११ हजार ९१६ पिन्ट रक्त संकलन भएको संस्थाले जानकारी दिएको छ । यस अभियानमा नेपालका १५ भन्दा बढी शहरमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो ।

रक्तदान कार्यक्रमलाई राष्ट्रिय ट्रान्सफ्युजन सेवा केन्द्र, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीय रक्त संकलन संस्थासँग सहकार्य गरी सम्पन्न गरिएको थियो । यसमार्फत संकलित रक्तले देशभरका अस्पताल र स्वास्थ्य संस्थामा उपचाररत विरामीलाई जीवनदान दिने संस्थाका उपाध्यक्ष ब्रह्माकुमार रामसिंह ऐरीले बताए ।

काठमाडौं उपत्यकामा मात्रै ४४४६ पिन्ट रक्त संकलन गरिएको छ भने विराटनगरमा २८३०, नारायणगढमा ९७०, पोखरामा ५६४, नेपालगञ्जमा ५६२, बुटवलमा ५५३, वीरगञ्जमा ५४२ लगायत अन्य क्षेत्रमा पनि उल्लेख्य मात्रामा रक्त संकलन भएको विवरण सार्वजनिक गरिएको छ ।

संस्थाका अनुसार, यो अभियानले समाजमा ‘रक्तदान जीवनदान’ भन्ने सन्देशलाई थप व्यापक बनाउन सहयोग पुर्‍याएको छ ।

एकै दिन ५०४७ पिन्ट रगत संकलन

विश्व बन्धुत्व दिवसको अवसरमा नेपालमा एकैदिन पाँच हजार ५७ पिन्ट रक्तदान – 
शुक्रबार  नेपालको इतिहासमै पहिलो पटक एकै दिन ५०४७ पिन्ट रगत संकलन भएको छ ।

नेपालमै एक दिनमा भएको यो संकलन हालसम्मकै रेकर्ड ब्रेकिङ रक्तदान अभियानका रूपमा स्थापित भएको छ ।

यो अभियान ब्रह्माकुमारीजका नेपाल-भारतभर फैलिएका शाखाहरुको आयोजनामा तथा विभिन्न सामाजिक संघ-संस्थाहरुको सहकार्यमा सञ्चालन गरिएको हो । यस अन्तर्राष्ट्रिय अभियान अन्तर्गत १०० घण्टाभित्र एक लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको छ ।

यसको राष्ट्रिय शुभारम्भ भाद्र १ गते ललितपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

 

 

Comments are closed

Related Post