Email :110
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीलले बधाई दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शाहले प्रधानमन्त्री पद र गोपनीयताको शपथ लिएसँगै भारतीय समकक्षी मोदीले बधाई दिएका हुन् ।
मोदीले सामाजिक सञ्जालमा बधाई दिँदे लेखेका छन्, ‘नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाई । यहाँको यस नियुक्तिले नेपाली जनताले यहाँको नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ । हाम्रा दुई देशका जनताको आपसी हितका लागि भारत-नेपाल मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्याउन म यहाँसँग मिलेर काम गर्न तत्पर छु ।’














Comments are closed