Shopping cart

  • Home
  • राजनिती
  • प्रचण्डको आरोप : ‘बालेन सरकार विदेशी प्रभावमा चल्यो’
देश

प्रचण्डको आरोप : ‘बालेन सरकार विदेशी प्रभावमा चल्यो’

Email :24

वीरगञ्ज । नेकपा संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन शाह नेतृत्वको सरकारप्रति तीव्र असन्तुष्टि जनाएका छन्।

वीरगञ्जमा आयोजित पार्टी एकता समायोजन, शपथ तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान सरकार विदेशी शक्ति केन्द्रको प्रभावमा रहेको आरोप लगाए। उनका अनुसार मुलुक अहिले गम्भीर राष्ट्रिय तथा राजनीतिक संकटको अवस्थामा पुगेको छ।

प्रचण्डले संविधान, गणतन्त्र र प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्न वामपन्थी तथा देशभक्त शक्तिहरूबीच एकता आवश्यक रहेको बताए। उनले सडक, संसद् र आगामी निर्वाचनलाई राजनीतिक संघर्षका प्रमुख माध्यमका रूपमा प्रयोग गर्नुपर्ने धारणा राखे।

सरकारले सुकुम्बासीमाथि बल प्रयोग गरेको, किसान तथा साना व्यवसायीमाथि करको बोझ बढाएको र विधि–प्रक्रिया मिचेर गिरफ्तारी गरेको आरोप पनि उनले लगाए।

सामाजिक सञ्जालको प्रभावबारे टिप्पणी गर्दै प्रचण्डले एल्गोरिदमले जनमतलाई प्रभावित पारिरहेको बताए। आफूहरूले गरेका जनपक्षीय काम प्रभावकारी रूपमा जनतासम्म पुर्‍याउन नसक्दा भ्रम फैलिएको उनको भनाइ थियो।

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माणका लागि कम्युनिष्ट शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताए।

Comments are closed

Related Post