Shopping cart

  • Home
  • समाज
  • २१ किलो गाँजासहित मोटरसाइकल चालक पक्राउ
देश

२१ किलो गाँजासहित मोटरसाइकल चालक पक्राउ

Email :67

सिरहा । सिरहाको सुखीपुर बजार क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

शनिबार लागूऔषध नियन्त्रण ब्यूरोको टोली र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त गस्तीका क्रममा धनगढीमाई नगरपालिका–१४ का उमेशकुमार मगर पक्राउ परेका हुन्।

प्रहरीका अनुसार सुखीपुर नगरपालिका–८ स्थित बजार क्षेत्रमा मोटरसाइकलमा शङ्कास्पद रूपमा हिँडिरहेका मगरलाई रोकेर खानतलासी गर्दा २१ किलो गाँजा फेला परेको हो। उनीबाट बरामद गरिएको गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा टोली परिचालन गरिएको थियो। प्रारम्भिक अनुसन्धानपछि मगरमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Comments are closed

Related Post