Shopping cart

देश

लघुकथा – नेटोकटेपछि

Email :6

सीताराम नेपाल
-“हो साथी म अल्मलिएको थिएँ । तिम्रो सैद्धान्तिक वैचारिक गन्थन भन्दा घन्टीको आवाज सुमधुर लागेको थियो मलाई। तिमी जस्तो दु:खको साथीले भनेको नमानेर राजनीतिक रुपमा पोइल गएको थिएँ। साच्चै भन्या हुँ ।”
पवनको पश्चातापको कुरा सुनेर म अक्कनबक्क भएँ।
उसले -“एकछिन मेरो कुरा सुन ल मित्रनाथ फुन नकाट ल !”
भन्दै आफ्नो कुरा तन्कायो।
-“हेर त ! आकाशको तारा खसालेर भएपनि रातदिन नभनी जनताको सेवा गर्छु भन्नेहरूको काम झन् भद्रगोल, झन् अव्यवस्थित ! अफिसमा काम गर्ने कि सुत्ने हो ? कानून विपरीत सल्लाहकारको हूल कति ठूलो ? राज्य आतङ्कले प्रशासन सन्यन्त्र र न्यायालय निकम्मा पारेको पनि देखियो।अब त मेरो चेत खुल्यो कसम् !”
“हो र !”मैले मनमनै भनेँ-“हगीसक्यो दैलो देख्यो।”
अब त बिदेशीको गुणगान गाएको, सीमा मिच्नेको सामु घुँडा टेकेको, बिदेशी नागरिकलाई छानीछानी राजनीतिक नियुक्ति गरेको, सुकुम्बासीलाई सेनासमेत लगाएर उठिबास लगाइ बिचल्लीमा पारेको, बाढी पीडितलाई समयमा व्यवस्थापन गर्न नचाहेको…. के के देख्नु पर्यो पर्यो गाँठे ! महङ्गी र अभाव झेल्नुपरेपछि मजस्तै कैयौं सोझा मानिस चुकचुकाउन थालेका छन्। कति ले त आफैँलाई धिक्कारीरहेका छन्। रोजगारी दिन्छु भनेर उल्टै रोजगारी खोसिदिएकोले कतिले त आत्महत्या गरेक हेत्तेरिका!….”
मैले पवनलाई बीचैमा रोकेँ -“भयो! पुग्यो! तिमी स्वाभिमानको लागि, महङ्गी, अभाव, बेथितिको विरुद्ध लाग्छौ कि लाग्दैनौ ! संविधानको रक्षाको लागि आवाज उठाउछौ कि उठाउदैनौ ! तिम्रो मूल्याङ्कन त्यसैमा हुनेछ।”

Comments are closed

Related Post