Shopping cart

  • Home
  • समाज
  • १६५ सिटका लागि ३ हजार ४ सय २८ को उम्मेदवारी
देश

१६५ सिटका लागि ३ हजार ४ सय २८ को उम्मेदवारी

Email :75

काठमाडौं । प्रतिनिधि सभा  सदस्य निर्वाचनका लागि कुल  ३ हजार ४ सय २८ उम्मेदवारले मनोनयन दर्ता गराएको छ ।

 

फागुन २१ गते निर्धारित चुनावका लागि प्रत्यक्ष निर्वाचन प्रणालीको १६५ सिटका लागि देशभरिबाट पुरुष  ३ हजार ३७  र महिला ३ सय ९१ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।

 

उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएकोमा निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार तथा सम्पूर्ण सरोकारवालालाई धन्यवाद व्यक्त गरेको छ ।

Comments are closed

Related Post