Shopping cart

  • Home
  • समाज
  • हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ पाँचथरबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस
देश

हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ पाँचथरबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस

Email :97

पाँचथर । पाँचथर जिल्लाबाट  हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ सिफारिस भएका छन्।

 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पाँचथर जिल्लाको जिल्ला तथा सचिवालय बैठकले एक मात्र  निर्वाचन क्षेत्र रहेको पाँचथरबाट नेम्वाङलाई सर्वसम्मत रूपमा उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

आगामी फाल्गुण २१ गते हुने निर्वाचनका लागि पाँचथर जिल्लाबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ ‘मिक्सो’को नाम एकल रूपमा सिफारिस गरिएको पूर्व माओवादी पार्टीका जिल्ला संयोजक विशाल रसाइलीले जानकारी दिए।

 

साविक नेकपा माओवादी केन्द्रको कोशी प्रदेश अध्यक्षसमेत रहिसकेका नेता मिक्सो पाँचथर मात्र नभई कोशी प्रदेशमै सर्वमान्य र भरोसायोग्य वामपन्थी नेताका रूपमा परिचित छन्।

 

पहिलोपटक संसदीय निर्वाचनमा उम्मेदवार बन्न लागेका नेम्वाङ पार्टीभित्र अवसरभन्दा जिम्मेवारीलाई प्राथमिकता दिने नेता मानिन्छन्। उनी तत्कालीन नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य थिए भने हाल नेकपाको एकता महाधिवेशन आयोजक समिति सदस्यका रूपमा सक्रिय छन्। १० वर्षे माओवादी जनयुद्धका क्रममा जनमुक्ति सेनाबाट राजनीतिक यात्रा सुरु गरेका नेम्वाङ विभिन्न मोर्चामा अग्रपंक्तिमा रहेर लडेका अनुभवी योद्धा हुन्। कम्पनी भिसीसम्मको जिम्मेवारी सम्हाल्ने क्रममा २०५९ भदौ १५ गते ओखलढुंगाको रुम्जाटार मोर्चामा उनी गम्भीर रूपमा घाइते भएका थिए।

 

२०६० सालपछि पार्टी संगठनमा पूर्णकालीन रूपमा सक्रिय रहँदै उनले २०६१ सालमा पाँचथर सचिव तथा इञ्चार्ज र २०६३ सालमा धनकुटा इञ्चार्जको जिम्मेवारी सफलतापूर्वक सम्हालेका थिए।

पाँचथरको लुङरुपा निवासी नेम्वाङको गृह क्षेत्र माओवादी आन्दोलनको ‘लालकिल्ला’का रूपमा परिचित छ। सरल जीवन, स्पष्ट विचार र अडिग प्रतिबद्धताका कारण उनी आज पनि कार्यकर्ता र आम जनताबीच अत्यन्त सम्मानित र लोकप्रिय नेताका रूपमा स्थापित छन्।

बैठकले उम्मेदवार सिफारिससम्बन्धी अन्य निर्णयहरू पनि गरेको छ। राष्ट्रियसभा सदस्यतर्फ प्रेमप्रसाद रिजाल र भवानी शंकरलाई सिफारिस गरिएको छ भने प्रतिनिधिसभा समानुपातिकतर्फ सीता थेवे,अञ्जु काम्बाङ, तारावीर खपाङ्गी र इन्दिरा घिमिरेको  नाम सिफारिस गरिएको छ।

Comments are closed

Related Post