Shopping cart

  • Home
  • स्वास्थ्य
  • स्वास्थ्यकर्मीमाथि हिंसाको विरोधमा आज देशभर ओपिडी सेवा ठप्प
मुख्य समाचार

स्वास्थ्यकर्मीमाथि हिंसाको विरोधमा आज देशभर ओपिडी सेवा ठप्प

Email :45

काठमाडौं। स्वास्थ्यकर्मीमाथि बढ्दो दुर्व्यवहार र आक्रमणका घटनाप्रति असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा ओपिडी सेवा स्थगित गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ।

संघका अनुसार चिकित्सक र स्वास्थ्यकर्मीले सुरक्षित तथा सम्मानजनक कार्यस्थलमा सेवा दिन पाउनुपर्ने मागलाई बलियो रूपमा उठाउन यो आन्दोलन गरिएको हो। ‘सम्मानले निको पार्छ,हिंसाले चोट पुर्‍याउँछ’ भन्ने नारासहित स्वास्थ्य क्षेत्रमा हुने हिंसाविरुद्ध शून्य सहनशीलताको नीति लागू गर्न सरकारसँग आग्रह गरिएको छ।

नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा. राकेश शाह ले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नभएसम्म यस्ता विरोधका कार्यक्रम जारी रहन सक्ने संकेत दिएका छन्। उनका अनुसार बिरामीको उपचार गर्ने वातावरण नै असुरक्षित बन्दा स्वास्थ्य सेवामा प्रत्यक्ष असर पर्ने भएकाले सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता रहेको छ।

हालै नारायणी अस्पताल मा चिकित्सकमाथि भएको आक्रमणपछि त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। उक्त घटनापछि स्वास्थ्यकर्मीमाथि गरिएको निलम्बनको विषयलाई लिएर थप रणनीति तय गर्न नेपाल चिकित्सक संघले भोलि दिउँसो २ बजे आफ्नो कार्यालयमा बैठकसमेत बोलाएको जनाएको छ।

स्वास्थ्यकर्मीहरूले हिंसामुक्त कार्यस्थल, कानुनी संरक्षण र सेवामा अवरोध नपुग्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायसँग प्रभावकारी पहलको माग गरेका छन्।

178.jpg

Comments are closed

Related Post