Email :100
प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले मध्यरातमा आफ्नो व्यक्तिगत फेसबुक पेजमार्फत सार्वजनिक गरेको छोटो तर अर्थपूर्ण सन्देशले राजनीतिक तथा सार्वजनिक वृत्तमा व्यापक चासो उत्पन्न गरेको छ ।
‘केही समय लाग्छ, सही समय आउँछ । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस्,’ प्रधानमन्त्री साहले फेसबुकमा लेखेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलो चोटि होइन ।’
सामाजिक सञ्जालमा प्रधानमन्त्रीको उक्त पोस्ट केही मिनेटमै हजारौँ प्रतिक्रिया, टिप्पणी र शेयर भएको छ । समर्थकहरूले यसलाई कठिन परिस्थितिमा पनि संयमता अपनाउन गरिएको सन्देशका रूपमा व्याख्या गरेका छन् भने कतिपयले यसलाई सरकारभित्र वा राजनीतिक तहमा देखिएको दबाब र चुनौतीतर्फ सङ्केत भएको हुन सक्ने टिप्पणी गरेका छन् ।













Comments are closed