सुनसरी । आगामी निर्वाचनको पूर्वसन्ध्यामा सुनसरी निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक गतिविधि तीव्र बनेको छ। विभिन्न दल परित्याग गरी एकैपटक १,२५५ जना नेता तथा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्नेहरूमा श्रमसंस्कृति पार्टीबाट (माटो), रास्वपा, एमाले र कांग्रेसका कार्यकर्ता रहेको जनाइएको छ। नवप्रवेशीहरूलाई स्थानीय पार्टी नेतृत्वले एक कार्यक्रमका बीच स्वागत गर्दै संगठन विस्तार र सुदृढीकरणका लागि यसलाई महत्वपूर्ण उपलब्धि भएको जनाएको छ।
दलगत विवरण अनुसार प्रवेश संख्यामा माटोबाट ७५० जना, रास्वपाबाट ३४० जना, एमालेबाट ११० जना, कांग्रेसबाट ५५ जना रहेका छन्।
यस क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पाँचकुने तारा चिन्हका मनोज भट्टराई उम्मेदवार रहेका छन् राजनीतिक विश्लेषकहरूका अनुसार ठूलो संख्यामा कार्यकर्ता दल परिवर्तन गरी नेकपामा प्रवेश गर्नुलाई निर्वाचनको समीकरणमा प्रभाव पार्ने घटनाका रूपमा हेरिएको छ।
पार्टी प्रवेश कार्यक्रमपछि नेताहरूले आगामी निर्वाचनमा जनसमर्थन थप मजबुत हुने अपेक्षा व्यक्त गरेका छन्।












Comments are closed