Shopping cart

  • Home
  • राजनिती
  • सुकुम्वासी समस्या राष्ट्रको साझा समस्या रहेकाले विधिको शासनको पूर्ण पालना गर्दै समाधान खोज्न कांग्रेसकाे माग
मुख्य समाचार

सुकुम्वासी समस्या राष्ट्रको साझा समस्या रहेकाले विधिको शासनको पूर्ण पालना गर्दै समाधान खोज्न कांग्रेसकाे माग

Email :120

काठमाडौं । नेपाली कांग्रेसले सुकुम्वासी समस्या राष्ट्रको साझा समस्या रहेकाले विधिको शासनको पूर्ण पालना गर्दै समाधान खोजिनुपर्ने जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले अदालतबाट भएका आदेशहरू तथा विगतका संसदीय समितिहरूका निर्णयहरूलाई मार्गदर्शक मान्दै सरकार अघि बढ्नुपर्ने जनाएको छ ।

बल प्रयोगभन्दा अघि समाधानको विवेकपूर्ण, न्यायोचित र मानवीय उपाय अवलम्बन गर्नु आवश्यक रहेको प्रवक्ता देवराज चालिसेले बताए ।

वास्तविक सुकुम्वासी को हुन् र को होइनन् भन्ने स्पष्ट पहिचान सुनिश्चित गरिनुपर्ने,  वास्तविक सुकुम्बासीलाई जमिन र आवास उपलब्ध गराउनु नीतिगत दायित्व मात्र नभई उनीहरूको मौलिक अधिकारको संरक्षणसँग जोडिएको संवैधानिक कर्तव्य रहेको कांग्रेसले जनाएको छ ।

संवेदनशीलता, कानुनी आधार र न्यायपूर्ण दृष्टिकोणका साथ यस समस्याको दिगो समाधानतर्फ अग्रसर हुन सरकारलाई कांग्रेसले आग्रह गरेको छ ।

Comments are closed

Related Post