Shopping cart

  • Home
  • राजनिती
  • सर्लाही–४ का मतदातालाई पछुतो हुन दिनेछैन -गगन थापा
देश

सर्लाही–४ का मतदातालाई पछुतो हुन दिनेछैन -गगन थापा

Email :130

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने प्रतिबद्धता  जनाए ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफू सर्लाही क्षेत्र नम्बर–४ को प्रतिनिधित्व गर्न उम्मेदवार बनेकाले मधेश र सर्लाहीका मुद्दा अब संघीय संसद् र सिंहदरबारमा नयाँ तरिकाले उठ्ने बताए ।

थापाले आफूले संसदमा मधेशको मुद्दालाई फरक ढंगले उठान गर्ने बताए ।

आगामी पाँच वर्षमा मधेशका मुद्दा संसद्मा उठ्ने तरिका र निर्णय प्रक्रिया अघिल्ला वर्षभन्दा भिन्न हुने उनको दाबी छ । आफू पार्टीको जिम्मेवारीका कारण सधैं सर्लाहीमा बस्न नसक्ने बताउँदै उनले आफूलाई मतदाताले पुर्ण रुपमा विश्वास गर्ने बताए ।

चुनाव जित्न सबैको मिहिनेत आवश्यक हुने भन्दै उनले मतदाता र कार्यकर्तालाई विश्वास, माया र भरोसाका साथ अभियानमा लाग्न निर्देशन समेत दिए ।

उनले आफू गर्नसक्ने कामको मात्रै वाचा गर्ने बताए । गर्न नसकिने कामलाई आफूले सुरुमा नै गर्न नसक्ने बताउने स्पष्ट पारे । उनले चुनावपछि पनि मतदाताहरुले आफूलाई सजिलै भेट्न सक्ने बताए ।

Comments are closed

Related Post