Shopping cart

  • Home
  • समाज
  • सन्देश मुलक चलचित्र ‘गौरीशंकर’ काठमाडौंमा सार्वजनिक 
अन्तर्राष्ट्रिय

सन्देश मुलक चलचित्र ‘गौरीशंकर’ काठमाडौंमा सार्वजनिक 

Email :130

काठमाडौं । नेपाली चलचित्र ‘गौरीशंकर’ सार्वजनिक गरिएको छ । आर.बी. खत्री (शरद) को लेखन, निर्माण तथा निर्देशन रहेको उक्त चलचित्र आईतबार काठमाडौंको चावहिलस्थित के.एल टावरमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

ननस्टप त्रिएसन प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको चलचित्रमा धार्मिक, सांस्कृतिक तथा प्रेमभाव मिसिएको कथावस्तु प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ । कार्यक्रममा चलचित्रको पोस्टर, कलाकार तथा प्राविधिक टिम परिचय गराइएको थियो ।

चलचित्रमा आर.बी. खत्री (शरद), शोभा राणा  पोखरेल, विनोद श्रेष्ठ, सृजना मैनाली योगमाला, डा. रामप्रसाद उप्रेती, शिव मैनाली, रमेश मैनाली र सरिता भण्डारीलगायत कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रका छायांकन निर्देशक डम्मर राई रहेका छन् भने सम्पादन राज धामीले गरेका छन् । चलचित्रको पृष्ठभूमि संगीत अमित श्रेष्ठले तयार गरेका हुन् भने संगीत निर्देशन बाबुल गिरीको रहेको छ ।

चलचित्रका कार्यकारी निर्माता झरना केसी, अरुणा केसी र सुदीप खत्री रहेका छन् । चलचित्रलाई आर.बी. खत्री (शरद) ले नै लेखन, निर्माण र निर्देशन गरेका हुन् ।

सार्वजनिक कार्यक्रममा चलचित्रप्रति दर्शकको उत्साहजनक चासो देखिएको थियो । निर्माण पक्षले नेपाली कला, संस्कृति र अध्यात्मलाई समेटेर चलचित्र तयार गरिएको जनाएको छ ।

चलचित्रकी मुख्य नायीका शोभा राणा पोखरेलका अनुसार फिल्मले  नेपाली समाज संस्कार भाष धर्म संस्कृति समाजवमा केही सकारात्मक सन्देश जाओस भन्ने हेतुले तयार पारिएको बताएकी छन्  ।

अहिलेको पुस्तालाई यस्ता कुराको खाँचो छ सवै कुरा पैसा होइन जिवनलाई कसरी सरल र सहज बनाउने घाँटी अनुसार हाड निल्ने  भन्ने सन्देश भएकोले देश विदेशमा सवैले हेरेर यसबाट फाईदा लिन समेत अनुरोध गरेकी छन् ।

प्रोफेसर रिम हुमागाईका अनुसार  पश्चिमी संस्कृतिले जरा गाडेको सन्दर्भमा हाम्रा सन्ततिहरुलाई सन्देश दिने  गरी निर्माण भएको यस चलचित्रलाई सवैले हेरेर फाईदा लिन अनुरोध गरेका छन् ।  उनले भनेका छन्  यस्ले धर्म संस्कार संस्कति सहि समाजकि चेतना समेत पस्केको छ ।

सम्पति कमाउने नामा गैर कानूनि कृयाकलाप गर्नुहुन्न क्षणि सुख देखिएपनि त्यसको अन्त्य दुखद हुन्छ भन्ने सन्देश यस चलचित्रले दिएको छ ।

चलचित्रका लेखक निर्देशक समेत रहेका आरवी खत्रीले धनले भन्दा पनि मनले बनाएको चलचित्र भएको भन्दै आम नेपालीहरुलाई यसलाई हेरेर प्रतिकृया दिन अनुरोध गरेका छन् ।

शिवत्वमा जिउने कि जिवत्वमा भन्ने  सनातन संस्कृतिको परम्परालाई गौरीशंकरमा पस्कन  खोजिएको छ । विकृति विसंगित विरुध्द पनि सन्देश दिने प्रयास भएको छ यस फिल्मले प्रत्येक सिनमा शिक्षा दिन्छ उनले भने । संगत,संस्कार र शिक्षाको कारण मान्छे कस्तो हुने र के बन्ने भन्ने कुराको सन्देश समेत चलचित्रमार्फत  दिन खोजेको छ । खत्रीले भने  ।

Comments are closed

Related Post