काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच आज टेलिफोन वार्ता भएको छ।
वार्ताका क्रममा प्रधानमन्त्री बालेनले नेपाल–मलेसिया वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिएका छन्।
उनले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई स्वीकार्य नभएको स्पष्ट पारेका छन् ।
बालेनले समस्या दीर्घकालीन रूपमा समाधान गर्न दुवै देशका श्रममन्त्रीबीच प्रत्यक्ष वार्ता गराउन मलेसियाली प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।
मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि सिन्डिकेट र बिचौलिया प्रथाको विरोध गर्दै आफ्ना श्रममन्त्रीलाई नेपाली समकक्षीसँग समन्वय गरेर ठोस समाधान निकाल्न निर्देशन दिने प्रतिबद्धता जनाएका छन् ।














Comments are closed