Shopping cart

  • Home
  • समाज
  • सखुवाप्रसाैनी गाउँपालिका अध्यक्ष यादव जुवाकाे खालबाट पक्राउ
मुख्य समाचार

सखुवाप्रसाैनी गाउँपालिका अध्यक्ष यादव जुवाकाे खालबाट पक्राउ

Email :65

काठमाडौ । प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जस्वन्त यादवसहित सात जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१४ स्थित गोल्डेन फिगर गेमिङ जोन प्रालि नामक क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। पक्राउबारे पर्साका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले पुष्टि गरेका छन्।

पक्राउ पर्नेमा इन्स्पेक्टर प्रदीप पौडेल, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, ओमप्रकाश बैठा, विजयकुमार पटेल, दिनेशकुमार पटेल, जयदेव साह र प्रदीप साह रहेका छन्।

Comments are closed

Related Post