Shopping cart

  • Home
  • स्वास्थ्य
  • बाढी प्रभावित परिवारलाई युवा संघको राहत, ८० भन्दा बढी ग्यास सिलिन्डर वितरण
अर्थ

बाढी प्रभावित परिवारलाई युवा संघको राहत, ८० भन्दा बढी ग्यास सिलिन्डर वितरण

Email :39

नुवाकोट । भोटेकोसी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले युवा संघ नेपालले नुवाकोटको विदुर नगरपालिका–५ का बाढीपीडित परिवारलाई ग्यास सिलिन्डरसहित राहत सामग्री वितरण गरेको छ।
युवा नेता मनोज खत्री, प्रेम प्रधान, ध्रुव अधिकारीलगायतको उपस्थितिमा ८० भन्दा बढी ग्यास सिलिन्डर प्रभावित परिवारलाई वितरण गरिएको युवा नेता ध्रुव अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार बाढीपछि युवा संघको टोलीले प्रभावित क्षेत्रमा पटक–पटक पुगेर राहत वितरण गर्दै आएको छ। उनले विपद्का बेला प्रभावित नागरिकको आवश्यकता पहिचान गरी राहत, पुनःस्थापना तथा पुनर्निर्माणका अभियानलाई निरन्तरता दिने बताए।
उनले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि आवश्यकताअनुसार स्वयंसेवक परिचालन गर्न युवा संघ नेपाल प्रतिबद्ध रहेको समेत बताए। उद्धार तथा राहतदेखि विभिन्न सहयोगका काममा युवा संघ निरन्तर सक्रिय रहेको उनको भनाइ छ।
बाढीपीडितलाई आगामी दिनमा पनि आफूहरूले सक्दो सहयोग गर्दै जाने अधिकारीले बताए। राहत वितरण कार्यक्रममा युवा नेता मनोज खत्री, प्रेम प्रधान, ध्रुव अधिकारीलगायतको सहभागिता रहेको थियो।

Comments are closed

Related Post