Email :117
नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नस्वीकार्ने र विरोध गर्ने जनाएको छ।
बिहीबार अहिलेको घटनाक्रमबारे बसेको भर्चुअल बैठकपछि सार्वजनिक अपिल जारी गर्दै नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चताको कायम राख्न अपिल गरेको हो।
‘संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नेपाल बार एसोसिएसन स्वीकार गर्दैन, विरोध गर्दछ। यसो नगर्न हार्दिक अनुरोध गर्दछौं,’ अपिलमा भनिएको छ, ‘अन्तमा, हालको संकटको निकास संवैधानिक मान्यता भित्र खोज्न जेन-जी लगायत सम्पूर्ण जनसमुदायमा नेपाल बार एसोसिएसन हार्दिक अपिल गर्दछौँ।’
बारले कानुनको शासनलाई सर्वोपरि ठान्न र कानुनी तथा संवैधानिक व्यवस्थाबाट विचलित नहुन अनुरोध गरेको छ।










Comments are closed