Shopping cart

  • Home
  • राजनिती
  • संविधानमाथि छेडखानी गरी जनताका अधिकार खोस्ने काम भए सडक र सदन दुवैबाट प्रतिवाद गर्ने प्रचण्डको चेतावनी
देश

संविधानमाथि छेडखानी गरी जनताका अधिकार खोस्ने काम भए सडक र सदन दुवैबाट प्रतिवाद गर्ने प्रचण्डको चेतावनी

Email :41

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानमाथि छेडखानी गरी जनताका अधिकार खोस्ने काम भए सडक र सदन दुवैबाट प्रतिवाद गर्ने चेतावनी दिनु भएको छ ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनु भएको हो ।

‘हामीले सुरुदेखि नै स्पष्ट भनेका छौं कि राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले संविधानभित्र रहेर रचनात्मक तथा सकारात्मक काम गरे हामीले त्यसलाई सकारात्मक रूपमा लिन्छौं,’ प्रचण्डले भन्नुभयो, ‘तर संविधानमाथि छेडखानी हुन थाल्यो, राष्ट्रिय हितमा आँच आउन थाल्यो वा जनताले प्राप्त गरेका हकअधिकार खोस्ने गतिविधि भए भने हामी सदनभित्र र सडकबाट पनि त्यसको विरोध गर्छौं ।’

प्रचण्डले विद्यार्थी र कर्मचारी ट्रेड युनियनका अधिकारमाथि प्रश्न उठाउन खोजिएमा सतर्क रहनुपर्ने बताउनुभयो । ‘जनताले लामो संघर्ष, ठूलो त्याग र बलिदानबाट प्राप्त गरेका अधिकारहरूमाथि कुनै पनि किसिमको छेडखानी हुन दिनुहुँदैन,’ प्रचण्डको भनाइ छ ।

प्रचण्डले संविधान संशोधनको विरोधी भने आफू नभएको स्पष्ट पार्नुभयो ।  ‘संविधान संशोधनका हामी विरोधी होइनौं,’ प्रचण्डले भन्नुभयो, ‘तर त्यो संशोधन महिलाहरूको अधिकार थप्न, जनतालाई थप अधिकार दिन र संघीयतालाई अझ बलियो बनाउनका लागि हुनुपर्छ, अधिकार खोस्नका लागि होइन ।’

Comments are closed

Related Post