Shopping cart

  • Home
  • स्वास्थ्य
  • वायु प्रदूषण बढ्दो, आम नागरिकलाई सावधानी अपनाउन अनुरोध
अन्तर्राष्ट्रिय

वायु प्रदूषण बढ्दो, आम नागरिकलाई सावधानी अपनाउन अनुरोध

Email :41

काठमाडौं । देशमा हाल वायु प्रदूषण उच्च छ । काठमाडौं विश्वकै वायु प्रदूषणको सूचीमा दोस्रो स्थानमा छ ।

मंगलबारको मापनमा काठमाडौंको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २१३ छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो ।

स्वीट्जरल्यान्डमा मुख्यालय रहेको वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरका अनुसार, प्रदूषित सहरको सूचीमा यति बेला काठमाडौंभन्दा अगाडि भारतको दिल्ली २९८ (एक्यूआई) मात्र छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डअनुसार यी सहर ‘अति अस्वस्थकर’को सूचीमा छन् ।

नेपालका कतिपय स्थानमा पानी परेको छ । तर पनि वायु प्रदूषण नघटेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बताएका छन् ।

वायु प्रदूषण बढ्दै गएपछि वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले आम नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ। विभागले आज जारी गरेको अपिलमा प्रदूषण बढी भएको समयमा घरबाहिर निस्किँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्न आग्रह गरिएको छ।

त्यसैगरी, सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, फोहोर तथा बालीनालीका अवशेष नजलाउन र यस्ता गतिविधि रोक्न सबैले पहल गर्न पनि विभागले अपिल गरेको छ।

Comments are closed

Related Post