Shopping cart

  • Home
  • राजनिती
  • राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज
देश

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज

Email :53

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले आज (सोमबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शपथ कार्यक्रम दिउँसो २ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा हुने जनाइएको छ।

नवनिर्वाचित सदस्यहरूलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले पद तथा गोपनीयताको शपथ गराउने छन् ।

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाका अनुसार गत माघ ११ गते निर्वाचित भएका राष्ट्रिय सभाका १८ जना सदस्यलाई शपथ समारोहमा उपस्थित हुन सचिवालयले अनुरोध गरेको छ। शपथ ग्रहणका लागि नवनिर्वाचित सदस्यहरूले निर्वाचित भएको प्रमाणपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि एक–एक प्रति साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।

शपथग्रहण कार्यक्रमपछि अध्यक्ष दाहालले संक्षिप्त धारणा राख्ने कार्यक्रम पनि तय गरिएको छ।

यसैबीच, कार्यकाल सकिएका २० जना राष्ट्रिय सभा सदस्यको बिदाइ कार्यक्रम पनि आजै राखिएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार बिदाइ कार्यक्रम अपराह्न ४ बजे नयाँ बानेश्वरस्थित एक होटेलमा आयोजना हुनेछ। सो अवसरमा नवनिर्वाचित सदस्यलाई सभाको ‘लोगो’ प्रदान गरिनेछ भने कार्यकाल सकिएका सदस्यलाई मायाको चिनो दिइने कार्यक्रम रहेको छ।

Comments are closed

Related Post