Shopping cart

  • Home
  • समाज
  • राष्ट्रिय दलित पत्रकार सङ्घको अध्यक्षमा बराइली
देश

राष्ट्रिय दलित पत्रकार सङ्घको अध्यक्षमा बराइली

Email :19

काठमाडौँ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको अध्यक्षमा  गोपाल बराइली निर्वाचित भएका छन् ।
मङ्गलबार सम्पन्न सङ्घको दोस्रो महाधिवेशनबाट उहाँको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण दर्नाल, खुला उपाध्यक्षमा विनोद परियार , महिला उपाध्यक्षमा सावित्री रसाइली, कोशी प्रदेश उपाध्यक्षमा सरिता बराइली, मधेस प्रदेशबाट भोला पासवान र बागमती प्रदेशबाट सुशील दर्नाल  निर्वाचित भएका छन् ।

यसैगरी, नरभूपाल विक , मानसिंह विक , टेकेन्द्र रसाइली  र प्रेम विक  र समावेशी उपाध्यक्षमा भीमबहादुर गन्धर्व निर्वाचित भएका छन् ।

महासचिवमा करन ताम्राकार, सचिवमा चिन्ता परिवार, राजेशकुमार पासवान, सुनिता नेपाली र वसन्त विश्वकर्मा र कोषाध्यक्ष सञ्जय सौगातसहित ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको छ । ४५ सदस्यीय कार्यसमितिमा १० जना पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष बराइलीले बताए ।

Comments are closed

Related Post