Shopping cart

  • Home
  • राजनिती
  • रसुवामा कांग्रेसका मोहन आचार्य विजयी
देश

रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

Email :99

रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित भएका छन् ।

१० हजार ६सय ५६मत प्राप्त गरी आचार्य निर्वाचित भएका छन् । उनले मतगणनाको सुरुदेखि अग्रता कायम गरेका थिए ।

आचार्यले १० हजार ६ सय ४५ मत प्राप्त गर्दै आफ्नो जित सुनिश्चित गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका बसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर तामाङ ४ हजार ६ सय ८८ मतका साथ तेस्रो स्थानमा रहेका छन्। उज्यालो नेपाल पार्टीका मान बहादुर तामाङले १ हजार ४ सय ५३ मत प्राप्त गरेका छन्।

उनको यो तेस्रो जित हो । उनी रसुवा जिल्लाबाट २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गरे ।

Comments are closed

Related Post