Shopping cart

  • Home
  • समाज
  • रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्यो, ८२६ जना सम्पर्कविहीन
देश

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्यो, ८२६ जना सम्पर्कविहीन

Email :38

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै आएको बाढीबाट प्रभावित क्षेत्रमा बिहीबार बिहान ९:१६ बजेसम्ममा १६५ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार फेला परेका शवमध्ये अधिकांशको सनाखत हुन बाँकी छ। धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोरखामा २०, नवलपरासी पूर्वमा २६, तनहुँमा ९, चितवनमा ६४ र नवलपरासी पश्चिममा ५ जनाको शव फेला परेको छ।

बाढीपछि ८२६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। तीमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४ र सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी छन्। त्यस्तै, नेपाल पर्यटन बोर्डको प्रारम्भिक विवरणअनुसार प्रभावित क्षेत्रबाट ४६६ विदेशी र ११३ नेपाली गरी ५७९ जना यात्रु बेपत्ता छन्। बाढीमा घाइते भएका ७३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्राधिकरणका अनुसार बाढीबाट ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र करिब ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त भएको छ।

रसुवाको टिमुरेबाट १२३ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ, जसमा ९४ नेपाली र २९ विदेशी नागरिक छन्। बाढीपछि रसुवा र नुवाकोटमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरबाट खोज तथा उद्धार जारी रहेको प्राधिकरणले जनाएको छ।

 

Comments are closed

Related Post